प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै

लोकपथ
26
Shares

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक आज आईतवार बस्दै छ ।

पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षीया गयानन्द मण्डल गनगाईंले गर्नेछन् ।

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रश्ताव प्रश्तुत हुने प्रदेश नम्बर १ संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?