काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा प्रभावित भएको छ । जसका कारण पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिलेसम्म पनि काठमाडौंमै छन् ।
काठमाडौंबाट विमान उड्न नसक्दा पोखराको उद्घाटनमा ढिलाई भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन बिहान ११ बजेलाई तय गरिएको थियो । प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको चार्टरमार्फत पोखरा जाँदैछन् ।
हाल उक्त विमान बोडिङको क्रममा रहेको बुद्ध एयरलाइन्सले लोकपथलाई जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया