११ आश्विन २०७८, सोमवार

हराउँदै देउसी भैलोको मौलिकता

२०७४,कार्तिक,४,शनिवार १४:१५


दाङ, ४ कात्तिक ।तिहारसँगै गाउँ तथा शहर जताततै देउसी भैलोको रौनक छ । क्लब, समूह, सहकारी, विद्यालयदेखि यहाँका सञ्चारकर्मीलाई देउसी भैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसी भैलोमा झुमिरहेका छन् ।तर देउसी भैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ । विशेष गरी तिहारको अवसरमा नाचिने सोरठी, पैस्यारु, टप्पा, वनगारीलगायतका नाच हराउँदै गएका छन् । यसको सट्टा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती पश्चिमेली संस्कृतिका गीतमा नाच्ने गरेको पाइन्छ । नेपाली संस्कृति हराउँदै गएकामा दाङका थलबहादुर वलीले चिन्ता व्यक्त गरे ।उनले भने, “हाम्रा गाउँघरका सोरठी लगायतका संस्कृती देख्नै नपाइने स्थिति आयो, देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।”परम्परागत देउसी भैलोलाई पछिल्लो समय आधुनिकताले प्रभावित गरेको छ । विशेष गरी युवायुवतीका कारण देउसी भैलोको मौलिकता मेटिने चिन्ता बुढापाकाले गर्न थालेका छन् । मादल, बाँसुरी, खँैजडी लगायतका बाँजाको माध्यमले कथाव्यथा प्रस्तुत हुने देउसी भैलोलाई हिजोआज पश्चिमेली संस्कृतिले प्रभावित गरेको स्थानीय समाजसेवी विश्वराज केसी बताउछन ।बुढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्दैन । पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । उनीहरु बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैँजडीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाका बताउँछन् ।हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यहाँका कृयाशील पत्रकारले परम्परागत भैलो खेलेका छन् । ‘संस्कृतिमा सञ्चार, भैलोमा पत्रकार’ नारासहित आफुहरुले सचेतनाका लागि भैलो खेलेको नेपाल पत्रकार महासंघ दाङ खाशाका सह–सचिव शर्मिला डिसीले बताए । 

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १४:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महिलाहरूको तल्लो पेट र पुरुषहरूको अण्डकोषमा हुने समस्याको समाधान गर्ने सरल योग आसन लिएर योग गुरु लोकनाथ खनाल प्रस्तुत हुनुभएको

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५