काठमाडौं । चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा शृङ्खला खतिवडा ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छिन् । शृङ्खला समूह विजेता हुँदै टप २० मा परेकी हुन् ।
उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै फ्यानलाई धन्यवाद समेत दिएकी छिन् । उनले नेपालीलाई गौरावान्वित बनाउने भिडियोमा बताएकी छिन् । अहिले उनी दोस्रो चरणको प्रस्तुतीका लागि तयार हुँदैछिन् ।
प्रतियोगितामा सहभागीमध्येलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक–एक जना छानिएको थियो । यसरी छानिँदा शृङ्खला पनि छनोटमा परेकी थिइन् । छनोटमा परेका २० जनाले मिस वल्र्डको उत्कृष्ट ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् ।
शृङ्खलाले मल्टिमिडिया अवार्ड, हेड टु हेड च्यालेन्ज र ब्युटी विथ प्रपोजमा आफ्नो बलियो उपस्थिति देखाएकी छिन् । मल्टिमिडिया अवार्डका लागि आगामी डिसेम्बर ८ सम्म भोट गर्न मिल्नेछ ।
उनलाई भोट गर्न मिस वल्र्डको आधिकारिक साइट या फेसबूक पेजबाट पनि भोट गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया