प्रदेश नम्बर १ को पहिलो संसद बैठक आज बस्दै

लोकपथ
0
Shares

प्रदेश नम्बर १ को प्रदेशसभाको पहिलो बैठक आइतबार बस्दैछ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् ।

सांसदहरूले शपथग्रहण भएसँगै सरकारको सिफारिसमा प्रदेश प्रमुखले पहिलो बैठक आज दिउँसो १ बजेका लागि आहवान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै, प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?