सिन्धुलीमा वीपीको स्मरण गरी मनाइयो मेलमिलाप दिवस

लोकपथ
26
Shares

सिन्धुली । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुशीला थिङले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज कांग्रेस सिन्धुलीले सिन्धुलीमाडीमा आयोजना गरेको कार्यक्रममा उनले नेता तथा कार्यकर्ताले वीपीको मेलमिलापलाई आफ्नो जीवनमा रुपान्तरण गर्नुपर्ने बताइन् ।

वीपीको मेलमिलाप नीतिलाई कांग्रेसले व्यक्ति–व्यक्तिबीच पु¥याउन जरुरी रहेको उनको धारणा छ । ‘वडा, जिल्ला हुँदै प्रदेश र सङ्घसम्म विपीको मेलमिलाप नीति लागू गर्न सके मुलुकका धेरै समस्या समाधान हुन्छन्, विपीको मेलमिलाप नीतिलाई हाम्रो जीवनमा रुपान्तरण गरौँ । विचारको पुस्तान्तरण पार्टीभित्रै हुन जुरुरी छ’, उनले भने ।

कांग्रेस निर्वतमान सभापति उज्ज्वलप्रसाद बरालले वीपीको नेतृत्व, विचार, धारणा, जीवनशैली र उनको योगदानलाई सम्झिनुभयो । अहिले देश सङ्कटमा रहेको उल्लेख गर्दै उनले भने, ‘विपीले पहिले नै भन्नुभएको छ नि, प्रजातन्त्र नरहे देश नै रहँदैन, देशमा हिजोभन्दा आज झन् सङ्कट देखिरहेको छु । यो राष्ट्रिय सङ्कटबाट देशलाई जोगाउने हो भने प्रजातान्त्रिक धारलाई अझै बलियो बनाउनुपर्छ । प्रजातन्त्र कमजोर हुनुको अर्थ हो, यो देशलाई फेरि सङ्कटमा झार्नु ।’

कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलले कांग्रेस सत्ताका लागि नभई जनता, देश र लोकतन्त्रका लागि राजनीतिमा लागेको बताए । मुलुकको ऐतिहासिक विरासत बोकेको लोकतन्त्रको पर्यावाची शब्द नै कांग्रेस रहेको उनको दाबी थियो । प्रतिपक्षमा बसे पनि सत्तापक्षका गलत क्रियाकलापविरुद्ध सडकमा उत्रिएर सजग गराउने उनले सुनाए । सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि सत्ताबाट विमुख हुनपरेकोे अहिलेको परिस्थितिमा हतास नबनी र निरास नभई जनताको सेवामा जुट्न उनले आफ्ना नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

नेपाली कांग्रेसका सचिव ईश्वर बस्नेतले सहजीकरण गरेको कार्यक्रममा विपीको राजनीतिक तथा सामाजिक जीवनबारे अन्य नेता तथा कार्यकर्ताले समेत परिचर्चा गरेका थिए । विपीको स्मरण गदैँ सिन्धुलीमाडीस्थित लोकतान्त्रिक चोकमा आज साँझ दीप प्रज्ज्वलनसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?