माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उनी यसअघि पनि दलको नेता थिए । उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् ।

हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।

बागमती प्रदेशसभामा धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुन् । संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?