प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्रीलाई सिके राउतको फोन

लोकपथ
105
Shares

काठमाडौं । सप्तरीमा प्रहरीले उजुरी लिन नमानेको गुनासोपछि जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरेका छन् । आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको उनले बताएका छन् ।

‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

एक महिलाको कपाल खौरिदिएको घटनामा पीडित महिला प्रहरीसमक्ष पुग्दासमेत प्रहरी उजुरी नलिएको गुनासो आएको उनले उल्लेख गरेका छन् । राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन् । त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?