यसकारण मधुमेहका बिरामीले गर्नु हुँदैन धुम्रपान !

लोकपथ
39
Shares

काठमाडौं । पछिल्लो समय मधुमेहका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । हत्तपत्त नलाग्ने र लागेपछि पूर्ण रुपमा निको हुन गाह्रो हुने भएकाले यसलाई दीर्घरोगको सूचीमा समेत राखिएको छ ।

प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा वा इन्सुलिनको उचित प्रयोग नगर्दा मधुमेहको समस्या हुन्छ । तर, जीवनशैली परिवर्तन गरेर यसलाई नियन्त्रण गर्न भने सकिन्छ ।

अस्वस्थकर आहार र व्यवहारका कारण आममानिसहरु मधुमेहको शिकार बनिरहेका हुन्छन् । मधुमेह लागिसकेपछि पनि आहार र व्यवहारमा परिवर्तन गर्न सकिएन भने यसले ठूलो जोखिम निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् ।

तर, कतिपय मधुमेहका बिरामीहरु अत्याधिक धुम्रपान सेवन गरिरहेका हुन्छन् । यो बानी निकै खतरनाक हो । जसले स्वास्थ्यलाई निकै हानी गराउँछ । जब मधुमेहका बिरामीले धुम्रपान गर्छन्, यसले उनीहरूको रगतमा चिनीको मात्रा बढाउन सक्छ । यस अवस्थामा, मधुमेह नियन्त्रणका लागि निकै गाह्रो हुन्छ ।

त्यस्तै, मुटुको धमनी पनि कडा हुन्छ । जसका कारण मधुमेहका बिरामीहरुको स्वास्थ्य समस्या झनै बढ्न थाल्छ । त्यसैले मधुमेहका बिरामीले धुम्रपान गर्नु निकै हानिकारक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?