पूँजीबजारको समस्याबारे संसदको अर्थसमितिमा छलफल गर्ने तयारी

काठमाडाैं : अव्यवस्थित अनलार्इन प्रणालीको प्रयोग, ब्याजदर र अन्य कारणबाट शेयरबजारमा देखिएको समस्याबारे संघीय संसदको अर्थसमितिमा छलफल गरिने भएको छ ।

नेप्से परिसूचक निरन्तर घट्दै जाँदा अात्तिएका लगानीकर्ताहरूले शुक्रबार अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसँग भेटेका थिए । लगानीकर्ताहरूको समस्या सुनेपछि सभापति दाहालले पूँजी बजारमा देखिएका समस्याबारे नियामक नेपाल धितोपत्र बोर्ड र सम्बन्धित सरोकारवालासँग छलफल गर्ने अाश्वासन दिएका छन् । 

''धितोपत्र बोर्ड लगायत नियमनकारी निकाय, लगानीकर्ता र अर्थ मन्त्रालयका अधिकारीहरूलार्इ बैठकमा बोलार्इ पूँजीबजारमा देखिएका समस्याबारे छलफल गर्छु,'' दाहालले भने ''अाैपचारिक बैठकअघि धितोपत्र बोर्डका अधिकारीहरूसँग एकपटक समितिले छलफल समेत गर्नेछ ।''

हाल पूँजीबजारको सुधार र विस्तारतर्फ प्रभावकारी काम नहुँदा साना र मध्यमस्तरका लगानीकर्ता जोखिममा परेकाले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग पनि छलफल गर्ने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?