ग्लोबल समुन्नती योजनाको खुद सम्पति मूल्य २४ पैसा घट्यो

काठमाडौं : असोज महिनामा ८ रूपैयाँ ५७ पैसा रहेको ग्लोबल अार्इएमर्इ समुन्नत योजना-१ को प्रतिइकार्इ खुद सम्पति मूल्यमा २४ पैसाले गिरावट अाएको छ । प्रतिइकार्इ सम्पति मूल्य अघिल्लो महिना ८ रूपैयाँ ५७ पैसा रहेकोमा गत महिनामा ८ रूपैयाँ ३३ पैसा कायम भएको छ । 

योजनाको खुद सम्पति २ करोड ३४ लाख ३७ हजार ६९२ रूपैयाँले घटेर ८३ करोड ३१ लाख ३४ हजार ६८१ रूपैयाँमा झरेको छ । असोज महिनामा ग्लोबलको दुद सम्पति ८५ करोड ६५ लाख ७२ हजार ३७३ रूपैयाँ रहेको थियो । 

जारी र्इकार्इ १० करोड रहेको यो योजनाले कात्तिक महिनासम्म सूचीकृत शेयरमा ७० करोड ११ लाख ४८ हजार ३२३ रूपैयाँ लगानी गरेको छ । एनएमबी बैंकको शेयरमा सबैभन्दा धेरै ६ करोड ९ लाख ११ हजार रूपैयाँ लगानी भएको कम्पनीले जानकारी दिएको छ । 

ग्लोबल अार्इएमर्इ समुन्नत योजना-१ को व्यवस्थापक ग्लोबल अाइएमर्इ क्यापिटल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?