पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’ मा १० जनाको हत्या

लोकपथ
13
Shares

काठमाडौं । पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको छ । दैर अल–जौर प्रान्तको अल–तैयम तेल खानीमा कामदारले सिफ्ट परिवर्तन गरिरहेका बेला उक्त आक्रमण भएको सानाको रिपोर्टमा उल्लेख छ ।

आक्रमणकारीहरूले त्यस क्षेत्रको खराब मौसमको फाइदा उठाएका थिए । सिरियाको सरकारी समाचार संस्थाले पनि पूर्वी सिरियाका प्रमुख तेल र ग्यास खानीमा नियन्त्रण राखेको संयुक्त राज्य अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ ।

सिरियाली सरकारले वासिङ्टनविरूद्ध अरब देशबाट तेल चोरेको, अवैध रूपमा आफ्नो भूभाग कब्जा गरेको र आफ्नो सीमाभित्र भाडाका सैनिक तथा आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?