उपप्रधान तथा गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान ओली निवास बालकोटमा दुई नेताहरुबीच भेटवार्ता भएको हो । मन्त्री लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए ।

ओलीसँगको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र मन्त्रालयको भागबण्डाको विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डाबारे सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले यस विषयमा परामर्श तीव्र पारेका छन् ।

आजै बिहान बालुवाटारमा भएको भेटमा प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन लामिछानेलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?