नेपाल बंगलादेश बैंकले शेयरधनीलार्इ १०.५३% नगद लाभांश मात्र दिने

काठमाडौं : नेपाल बंगलादेश बैंकले अाफ्ना शेयरधनीलार्इ १०.५३% नगद लाभांश मात्र दिने भएको छ । 

शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले हाल कायम ८ अर्ब ८ करोड ८२ लाख ९९ हजा रूपैयाँ चुक्ता पूँजीबाट नगद लाभांश मात्र दिने निर्णय गरेको हो ।

नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलार्इ नेपाल राष्ट्र बैंक र सम्बन्धित बैंकको बार्षिक साधारणसभाले पारित गर्नुपर्छ । 

चालु अार्थिक बर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्ममा नेपाल बंगलादेश बैंकले ३० करोड १९ लाख १४ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको जनाएको छ । 

हाल यो बैंकको प्रतिशेयर अाम्दानी १४ रूपैयाँ ९३ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?