सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल चयन

लोकपथ
49
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् ।

एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एमाले) बाट प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ७ जना गरी १० जना निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?