मध्य-भोटेकोशी जलविधुतको अार्इपीअोमा ३.११ गुणा बढी अावेदन

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविधुत आयोजनाले जारी गरेको साधारण शेयर (अार्इपीअो) मा सञ्चयकर्ताले कुल शेयर कित्ताभन्दा ३.११ गुणा बढीको अावेदन दिएका छन् । 

बिक्री प्रबन्धक ग्लोबल अार्इएमर्इ क्यापिटलका अनुसार कर्मचारी कोषका कर्मचारीका लागि १ करोड १७ लाख कित्ता शेयर खुलार्इएकोमा अावेदकले ३ करोड ६३ लाख भन्दा बढी कित्ताका लागि अावेदन दिएका हुन् । 

मंसिर १४ गते दिउँसो ३ बजेसम्म १ लाख ३५ हजार ९ सय ८६ अावेदकले ३ अर्ब ६३ करोड ९५ लाख रूपैयाँ बराबरको ३ करोड ६३ लाख ९६ हजार कित्ता अार्इपीअोका लागि अावेदन दिएका छन् । यद्यपी : शुक्रबार बेलुकीसम्म प्राप्त अावेदनको तथ्यांक प्रशोधन भर्इनसकेको बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

कात्तिक २८ गतेदेखि भोटेकोशीको अार्इपीअो बिक्री खुलेको थियो । कम्पनीले पहिलो चरणमा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी र सञ्चयकर्ता एवं संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लाग १ करोड ४४ लाख कित्ता आर्इपीओ बेचेको हो । अार्इपीअोमा अावेदन दिने म्याद हिजो शुक्रबार सकिएको छ । 

२०६८ मंसिर २२ गतेभित्र कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता बनिसकेको र २०७५ असोज २९ गतेभित्र कायम रहेकाले मात्र भोटेकोशीको अार्इपीअोमा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । संस्थापक शेयरधनी र ऋणदाता संस्थाका कर्मचारीले भने मंसिर १८ देखि २६ गतेसम्म आवेदन दिन पाउने छन् । 

दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासीका लागि ६० करोड रूपैयाँको आर्इपीओ जारी गर्नेछ । त्यसपछि मात्रै तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रूपैयाँको आर्इपीओ खुला गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?