सरकारमा सहभागिताबारे निर्णय लिँदै एकीकृत समाजवादी

लोकपथ
21
Shares

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठक बस्न लागेको हो । उक्त बैठकले पार्टीको सरकारमा सहभागिताबारे निर्णय लिने अपेक्षा गरिएको छ ।

यस्तै बैठकमा निर्वाचनको समीक्षा, विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे समेत छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि अलमलमा रहेको एकीकृत समाजवादी पार्टीलाई माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । समाजवादीले यसबारे बैठकमा गम्भीर छलफल र आवश्यक निर्णय गर्ने खतिवडाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?