सरकारमाथि खनिए गोकुल बाँस्कोटा

लोकपथ
70
Shares

एमाले तथा तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले किसानले मल नपाएर सास्ती बेहोरिरहेकोबारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

किसानले मल नपाएको दुई वर्ष भइसक्दा नयाँ सरकार भने विदेशबाट मोबाइल सेट ल्याउनेतर्फ अल्झिएको भन्दै उनी खनिएका छन् । ‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ’, उनले कटाक्ष गरेका छन् ।

एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने भन्दै बाँस्कोताले कति ल्याउने नल्याउने कोटा तोक्ने व्यवस्था नगरेको बताएका छन् । उनले भनेका छन् , ‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो कति ल्याउने नल्याउने कोटा तोक्ने ब्यबस्था गरेको छैन।त्यो सरकारको कुरा हो।मल चाहियो मल किसानलाई,त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला।’ प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले शुक्रबार एमडीएमएस तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?