अहिलेको गठबन्धन लामो समय टिक्दैन : वरिष्ठ नेता पौडेल

लोकपथ
39
Shares
g]tf kf}8]n ;Daf]wg bdf}nL, @( r}t . tgx’Fsf] z’Snfu08sL gu/kflnsf–!! ;fFv]df g]kfnL sfFu|];n] cfOtaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 tyf gofF jif{ @)&* sf] z’esfdgf cfbfgk|bfg sfo{qmdnfO{ ;Daf]wg ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg], /f;;

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन ।

अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।’ मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए । ‘हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौँ,’ नेता पौडेलले भने ।

उनले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै भने, ‘देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?