ट्रिटनमा “ट्रिटन टक – सिजन १” सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । विश्व परिवेशमा हरेक क्षेत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ । व्यक्तिको वाचन कला, यो विषय व्यक्तिमा एकै पटकमा निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकासलाई टेवा पुर्‍याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मावि तथा कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक–सिजन १” सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकासमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिहं आर।सि।ले बताए । विभिन्न विषय वस्तु समेटि ११ वटा शिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत भएका थिए । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्फत भनाइहरु राखिएको थियो ।

ट्रिटन टक – सिजन १ मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस विद्यालयका प्रचार्य स।प्रा। मदन शाक्यले बताए । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने, यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?