काठमाडौं । हेमराज बिसीद्वारा निर्देशित फिल्म ‘द ब्रेकअप’ को गीत सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गर्दै अन्तरसंवाद पनि गरियो ।
आशिरमान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मको उक्त गीतमा आशिरमान र शिल्पाको हट चुम्बन दृश्य पनि देख्न सकिन्छ ।
‘हरपल’ बोलको गीतमा प्रकाश मल्लको शब्द रहेको छ भने विराज गौतमको संगीत र स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई विजेश पाण्डेले एरेन्ज गरेका हुन् ।
आशिरमान र शिल्पाका अलावा सरोज खनाल, इट्च्या कार्की, रेमन दास श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई समुद्र पौडेलले सम्पादन गरेका हुन् । यस्तै फिल्मलाई रुपक थापा, दीपक खतिवडा र रेनु रानाको लगानी रहेको छ ।
कथा तथा स्किृप्ट पनि निर्देशक बिसीको रहेको यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन देख्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया