काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिएका छन् ।
नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जीनले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चिनियाँ प्रधानमन्त्री लीको बधाई नोट हस्तान्तरण गरेको चिनियाँ दूतावासले जानकारी दिएको छ ।
पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया