दुई मत मात्र पाएका अर्याललाई समूहकै घात, प्रस्तावक–समर्थक बस्नेले नै दिएन मत

लोकपथ
117
Shares

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ नम्बरको संसदीय दलको नेतामा प्रतिष्पर्धी रहेका मध्ये अमृत अर्यालले जम्मा दुई मत मात्र पाए । उनले दुई मत मात्र पाएपछि अहिले यो विषय चर्चाको शिखरमा छ ।

उनको प्रस्तावक र समर्थकसमेतले मत दिएको भए पनि उनको तीन भोट हुनुपर्दथ्यो । तर उनले पाए जम्मा दुई मत । त्यसो भए के उनलाई आफ्नै प्रस्तावक र समर्थकले नै पत्याएनन् ? वा उनी आफैंले अर्का प्रतिष्पर्धीलाई मत दिए ? अहिले कांग्रेसी वृत्तमा चर्चाको विषय बनेको छ ।

२०७० सालमा संविधानसभा सदस्य रहिसकेका अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार रहे पनि भागबण्डा मिलाउँदा उम्मेदवारी नपाएपछि प्रदेश सदस्यमा झरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले निकट उनलाई मुख्यमन्त्री बनाउने आश्वान नै दिइएको थियो । तर संसदीय दलको नेताका लागि भएको मतदानमा यनकै पक्षले मत त दिएन दिएन प्रस्तावक र समर्थक मध्ये एकलाई खोसेर लगिदिए ।

एकातिर कांग्रेस–माओवादीसहितको गठबन्धन टुट्नेबित्तिकै प्रदेश सरकारको नेतृत्व गर्ने अवसर त गुमिसकेकै थियो । अर्कातिर दलकै नेता भए पनि बन्ने उनको आकांक्षामा तूषारापात भयो ।

सभापति देउवा प्यानलबाट उम्मेदवार बनेका अर्याल दुई मतसहित तेस्रो हुँदा दलको नेतामा भने कृष्णप्रसाद सिटौला पक्षका उद्धब थापा १८ मतसहित विजयी भए । उता, डा. शेखर कोइराला पक्षका केदार कार्कीले भने ९ मत पाए । कांग्रेसका २९ सांसद रहेको प्रदेश १ मा ११ जना देउवा पक्ष तथा ९/९ जना सिटौला र कोइराला पक्षमा रहेको बताइएको थियो ।

बिहीबार मनोनयन दर्ता गर्दा अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ बसेका थिए । मोरग कांग्रेसनिकट एक नेताले अर्याल आफैं र तामाङको मात्र मत उनले पाएको र गुरुङको मत पनि थापालाई परेको बताए ।

देउवा गूटमै रहेका प्रदेश उपसभापति रमेशजंग रायमाझीले पनि अर्याल नसघाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?