काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवा बढुवाका क्रममा राजनीतिक हस्तक्षेप पूर्णरुपमा रोक्ने बताएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर गृहमन्त्री लामिछानेले सरुवा बढुवाको कुरा लिएर नेताको घरमा पुग्नेलाई कारबाही गरिने समेत बताए ।
‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’ गृहमन्त्री लामिछानेले भनेका छन् ।
पहिलोपटक प्रहरी प्रधान कार्यालय निरीक्षणका लागि पुगेका उनले राम्रो गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने बताए । हिजोका कमिकमजोरीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो क्रममा प्रहरी प्रमुख धिरजप्रताप सिंहले प्रहरी सरुवा बढुवाको मापदण्ड बनाएको र त्यहि अनुसार गरिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया