प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, मोदीको पत्र हस्तान्तरण

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ ।

शुक्रबार प्रधानमन्त्री दाहाललाई भेट्न श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटघाटका क्रममा श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई तथा शुभकामना पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

भेटघाटका क्रममा नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?