विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ – नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरि १ सय १० जना भन्दा बढिको उपस्थितीमा ठमेलमा रहेको होटल र्मस्याङ्दीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा विदेशी मुद्रा विनिमय, एन्टि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले पनि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाइ राखेका थिए ।

हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?