जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले बजारमा ल्यायो नयाँ प्रिमियम ह्वीस्की ‘काला पथ्थर’

लोकपथ
28
Shares

काठमाडौं । नेपालको हार्ड ड्रिङ्क्स र बियरको मार्केट लिडर मध्येको एक जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ । विगत कयौं वर्षदेखि आफ्ना उत्कृष्ट उत्पादनहरुले धेरैको मन जित्दै आएको इन्डस्ट्रीजले उपभोक्ताका लागि नयाँ उत्पादन “काला पथर” बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार “काला पथर” एउटा ब्लेन्डेड रिसर्व व्हिस्क्य हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पथरमा सोफिस्टीकेटेड रिच एण्ड स्मूथ फिनिस भएकोले यसलाई सजिलै पिउन सकिन्छ ।

वाल्ड्र अर्चर्ड फ्रूट र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिएको उत्पादक कम्पनीले जनाएको छ । काला पथरको मजा वरफको साथ वा सिधै लिन सकिन्छ । काला पथर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लीयर प्रिमियम बोटलमा ७ सय ५० एमएल, १ सय ८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?