सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज शपथ लिँदै

लोकपथ
13
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुख कार्यालयमा ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ गराउने कार्यक्रम छ । त्यसपछि साढे १ मा रावलले ५२ सांसदलाई पद तथा गोपनियताको शपथ गराउने छन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था गरेअनुसार ६ जनाले मातृभाषामा शपथ लिन नाम टिपाएका छन् । नागरिक उन्मुक्तिका प्रत्यक्ष निर्वाचित ५ जना र कांग्रेसकी समानुपातिक सांसद एक जनाले मातृभाषामा शपथग्रहण गर्ने सचिवालयले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रमका लागि प्रदेशसभा सचिवालयले तयारी पूरा गरिसकेको छ । सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?