संकटमा सतिसालझैँ उभिएकाको भावना विपरीत कुनै निर्णय हुँदैन : उपमहासचिव ज्ञवाली

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संकटका बेला सतिसालझैं उभिने नेताहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेताहरुप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले उपमहासचिव ज्ञवालीले फेसबुकमा लेखेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो ।’

एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । एमाले अध्यक्ष ओली निकट रहेका ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् ।

‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?