प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

लोकपथ
52
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा सरकारका न्यूनतम कार्यक्रम तथा पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ ।

आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमासमेत छलफल भएको बालुवाटार स्रोतले बताएको छ । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?