प्रदेश १ : कांग्रेस संसदीय दलकाे नेतामा थापा निर्वाचित

लोकपथ
104
Shares

काठमाडौं ।  नेपाली कांग्रेस प्रदेश नम्बर १ को संसदीय दल नेतामा उद्धब थापा निर्वाचित भएका छन्। पार्टीको प्रदेश नम्बर १ सभापतिसमेत रहेका प्रदेश सभा सांसद थापाले १८ मत ल्याएर विजयी भएका हुन्। अर्का उम्मेदवार केदार कार्कीले ९ मत ल्याए भने अमृत अर्यालले २ मत मात्रै पाएका छन्।

उद्धव नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। संस्थापन पक्षबाट २ जना र संस्थापनइतर समूहबाट १ जना गरी संसदीय दल नेतामा ३ जना उम्मेदवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?