खोटाङमा बाम गठबन्धनबाट को-को ?

 खोटाङ- खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुङ्गो लागेको छ ।प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र नेकपा (माओवादी केन्द्र) बाट पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ)ले टिकट पाउनुभएको छ ।जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ । समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।बाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटी गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताउनुभयो ।“बाम गठबन्धनले जिल्लावासी उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “देशकै ठूलो दल र तेस्रो दलबीच भएको तालमेलले तीनवटै सिट जित्ने निश्चित भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?