भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनको १०० वर्षको उमेरमा निधन

लोकपथ
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनको एक सय वर्षको उमेरमा निधन भएको छ । उनको भारतीय समय अनुसार विहान ३:३० बजे निधन भएको हो ।

स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३ः३० बजे निधन भएको हो ।

आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको उल्लेख गरेका छन् ।

’भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य… आमामा मैले सधैं त्यो त्रिमूर्ति महशूस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निःस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छु– बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर ।’

यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए ।

हीराबेन गान्धीनगर शहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?