संस्थालाई थप बलियो बनाउने प्रयास गर्नेछु : महान्यायाधिवक्ता पोखरेल

लोकपथ
28
Shares
dxfGofoflwjQmf 8f kf]v/]nnfO{ zky sf7df8f}F, !$ k’;M /fi6«klt ljBfb]jL e08f/L / k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] ;d’kl:yltdf sfd’ k|wfgGofofwLz xl/s[i0f sfsL{ /fi6«klt sfof{no zLtn lgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm dxfGofoflwjQmf 8f bLgdl0f kf]v/]nnfO{ kb tyf uf]kgLotf zky u/fpFb} . tl:a/M ls/0f lji6÷/f;;

काठमाडौं । महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् ।

राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।

‘मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु’,उनले भने, ‘संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।’

उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्नेसमेत बताए । उनले एउटा व्यक्तिले मात्र सुधारका कार्य सम्भव नभएको हुनाले सामूहिक काममा आफूले विश्वास गर्ने भन्दै यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?