बधाई तथा शुभकामनाका लागि समय माग नगर्नु : प्रधानमन्त्रीको सचिवालय

लोकपथ
21
Shares
???? ??????? ????? ????? ????????, ?? ??? ????????? ????????????? ???????? ????? ‘???????’ ?????? ????????????? ???????? ??????????? ????? ??????? ?????? ? ??????? ????????? ????÷????

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई तथा शुभकामनाका लागि समय माग नगर्न सचिवालयले सबैलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा प्रचण्डले व्यक्त गरेकाले सोही अनुसार अघि बढ्न लागेको जनाएको हो ।

‘बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, सचिवालयले भनेको छ ।

सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि सूचनामार्फत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?