काठमाडौं । गृह मन्त्रालयले दिएको निर्देशनपछि १ सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मापदण्डविपरीत खटिएका पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई गृहले फिर्ता हुन निर्देशन दिएपछि उनिहरु फिर्ता हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।
मत्रालयले बिहिवार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीका १ सय ३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १ सय ९४ सुरक्षाकर्मी प्रहरी तथा सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा फिर्ता भई हाजिर गराइएको छ ।
गृहमन्त्री रवि लामिछाने भएसँगै मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया