वरीयतामा विष्णु पौडेलभन्दा पछि पारिएकोमा नारायणकाजीको असन्तुष्टि, गएनन् मन्त्रालय

लोकपथ
126
Shares

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीपरिषद्मा आफ्नो वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका छन् । पदभार ग्रहण गरेपनि श्रेष्ठले प्रधानमन्त्रीभन्दा पछि आफ्नो वरियता हुनुपर्ने माग राख्दै  मन्त्रालय नफर्किको उनी निकट स्रोतकाे भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रीपरिषद्मा पहिलो वरीयतामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । यद्यपि, पहिलो नम्बरमा आफू हुनुपर्ने श्रेष्ठको माग छ ।

सोमबार पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गरेका श्रेष्ठ त्यसयता दुईदिन शरीरमा सञ्चो नभएको भन्दै मन्त्रालय गएनन् । अहिले पनि उनले नेता तथा कार्यकर्तालाई आफ्नै निवासमा भेटिरहेका छन् । वरीयता नसच्याएसम्म मन्त्रालय नफर्कने श्रेष्ठको अडान रहेको स्रोतले बतायो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ २०६७ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला परराष्ट्रमन्त्री भएका थिए । भने, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि छैटौँ वरीयतामा थिए ।

यता एमालेका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेल भने ०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । भने, तत्कालिन नेपाल कम्युनिष्ट पार्टीमा पौडेल नवौँ वरीयतामा थिए । तिनै आधारमा श्रेष्ठले पौडेलभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने अडान राखेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?