काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताको नीति लिएको छ । बिहीवार मात्रै नयाँ पार्टी गठन गरेका साहले त्यसका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेका हुन् । समितिमा उपेन्द्र साह, रामप्रित राम र इश्लाम हवारी रहेका छन् ।
रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा बिहीवार आम जनता पार्टी गठन गरेका हुन् । बिहिवार राजधानीमा भेला गरेर ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।
आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया