३१ श्रावण २०७९, मंगलवार

खोटाङमा बाम गठबन्धनबाट को-को ?

२०७४,कार्तिक,४,शनिवार १३:४०

0
Shares

 खोटाङ- खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुङ्गो लागेको छ ।प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र नेकपा (माओवादी केन्द्र) बाट पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ)ले टिकट पाउनुभएको छ ।जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ । समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।बाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटी गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताउनुभयो ।“बाम गठबन्धनले जिल्लावासी उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “देशकै ठूलो दल र तेस्रो दलबीच भएको तालमेलले तीनवटै सिट जित्ने निश्चित भएको छ ।”

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले हसिया हतौडाबाट निर्वाचन लड्ने

काठमाडौं । आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न माओवादी केन्द्र आज निर्वाचन आयोग जाँदैछ । आज नेकपा (माओवादी केन्द्र)

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४
पत्रकार पोखरेलको निधन
 २०७९,श्रावण,३१,मंगलवार ११:१६