सिद्धार्थ बैंकले सर्वसाधरणको लागि २० प्रतिशत ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। सिद्धार्थ बैंकले सर्वसाधरणको लागि ४ लाख ५० हजार कित्ता ऋणपत्र खुल्ला गर्ने भएको छ । 

ऋणपत्र यहि मंसिर २३ गतेदेखि खुल्ला गर्न लागिएको बताइएको छ । सामुहिक लगानी कोषको लागि २२ हजार ५ सय कित्ता ऋणपत्र लागि सुरक्षित गरिएको छ। 

यसअघि सो बैंकले नेपाल धितोपत्र बोर्डबाट २ अर्ब २५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो। बैंकले सर्वधारणको लागि २० प्रतिशत ऋणपत्र निष्काशन गर्न लागिएको पनि जानकारी दिएको छ । 

सर्वसाधारणले न्युनतम २० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवदेन दिन पाउने छ । 

मंसिर २६ गतेसम्म पहिलो चरण बिक्री खुल्ला गर्नेछ।  पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष २३ गतेसम्म बिक्री खुल्ला राख्ने  धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल एस क्यापिटलले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?