काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी पेलेकाे स्वास्थ्यमा समस्या भएपछि उनीहाल ब्राजिलको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत छन् ।
उनको निधनको खबरहरु सामाजिक सञ्जालमा आइरहेका भएपनि त्यसमा सत्यता भने छैन । यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बिहानै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरे । उनले जीवित रहेका पेलेलाई श्रद्धाञ्जली दिन भ्याए ।
‘फुटबल जगतका सर्वाधिक लोकप्रिय खेलाडी, फुटबल खेलाडीको रुपमा मेरो आदर्ष पेलेको निधनको खबर सुनेर सारै दु:ख लागेको छ । हार्दिक श्रद्धाञ्जली।’ उनको फेसबुकमा लेखेका छन् ।

हाल उनले उक्त पोस्ट आफ्नो फेसबुकबाट हटाइसकेका छन् । कमेन्ट सेक्सनमा हुँदै नभएको फेक समाचार भन्दै कमेन्टको ओहिरो लागेपछि उनी पोस्ट डिलिट गर्न बाध्य भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया