प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट क्षेत्र नं.३ बाट एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् ।

बिहीबार राजधानी भेला गरेर पार्टीको अन्तरिम विधानबमोजिम ५१ सदस्यीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?