सेञ्चुरी कर्मसियल बैंकको १२ औं बार्षिक साधारण सभा सम्पन्न

लोकपथ
52
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा बिहिवार आर्मी अफिर्स क्लब, भद्रकाली काठमाडौंमा बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजी रकम नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँ मध्येबाट चार दशमलव ७५ प्रतिशते बोनस शेयर र शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कुल कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?