मध्य भोटेकोशी आइपिओ : माग भन्दा तीन गुणा बढि आवदेन परेको भन्दै निष्काशन बन्द

काठमाडौं । मध्य भोटेकोशीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि निष्काशन गरेको प्राथमिक शेयर बिक्री शुक्रवारदेखि बन्द भएको छ । 

कम्पनीले माग गरेको भन्दा तीन गुणा बढि आवदेन परेपछि निष्काशन बन्द हुन लागेको हो । कम्पनीले गत कात्तिक २८ गतेदेखि प्रति शेयर एक सय रुपैयाँको दरमा एक करोड १७ लाख कित्ता प्राथमिक शेयर बिक्रीका लागि खुल्ला गरेको थियो।

हिजो ‘बिहीवार’सम्म एक लाख ९ हजार आवेदकले तीन करोड तीन लाख कित्ताको लागि आवदेन दिएका थिए ।

आवेदनका लागि सञ्चयकर्ताले सिआस्वा प्रणालीबाट मात्रै आवेदन दिन पाउने छन्। कर्मचारी सञ्चयकोषमा वि.स. २०६८ मंसिर २२ गतेसम्म कायम सञ्चयकर्ता साथै २०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले आवदेन दिन पाउने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?