एकीकृत राष्ट्रवादीद्वारा एसिया प्यासिफिक सम्मेलन बहिष्कार गर्ने घोषणा

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले एसिया प्यासिफिक सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ । 

एकीकृत राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले युनिफिकेसन चर्चको बजारीकरणका लागि गरिएको कार्यक्रम भन्दै एसिया प्यासिफिक सम्मेलनका सन्दर्भमा आयोजित डिनर बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

लोहनीले फेसबुकमा स्टाटस लेख्दै भने, ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीकरणका लागि नेपालका प्रधानमन्त्रीसहित १५ सय दम्पतीलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य हो, नेपालका लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्ने र उक्त चर्चका इसाई पादरीबाट नेपालका ठूलाबडाका दम्पतीसहित आशीर्वाद लिने काममा सीमित रहेको देखिन्छ ।’

साथै ‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड खर्च गरि हिस्सेदार बनेर हिन्दू र बुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थ हिन हो,’ लोहनीले भनेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?