सन्दीपको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावेदनको माग गर्दै सन्दीप लामिछानेले उच्च अदालत, पाटनमा दिएको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ ।

पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै लामिछानेले दिएको रिटमाथिको सुनुवाइ हुन नसकेको हो । उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सुनवाइ हेर्न नभ्याइनेमा राखिएको छ ।

जिल्ला अदालत, काठमाडौंले गत कार्तिक १८ गते पूर्पक्षका लागि लामिछानेलाई थुनामा पठाएको थियो । बलात्कारको आरोपमा लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?