लेखनाथमा एनआइसीको नयाँ शाखा स्थापना

कास्की । एनआइसी एशिया बैंकले कास्कीको लेखनाथमा नयाँ शाखा स्थापना गरेको छ । 

बैंकलाई मुलुकका हरेक ठाउँमा पु-याउँदै सबै नागरिकलाई सेवा दिने उद्देश्यले २६८ औँ शाखा लेखनाथको बूढीबजारमा स्थापना गरिएको सो बैंकका गण्डकी प्रादेशिक प्रमुख जयन्द्र रावलले जानकारी दिए । 

उक्त बैंकको कूल निक्षेप करीब १६९ अर्ब रहेको छ भने १४४ अर्ब कर्जा प्रवाह गरेको छ । सो शाखाको उद्घाटनपछि प्रादेशिक प्रमुख रावलले ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए । उक्त बैंकका हाल करीब १३ लाख ५० हजार ग्राहक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?