१३ मङ्सिर २०८०, बुधबार

अपहरित भारतीय व्यापारी मुक्त, तीन पक्राउ

२०७४,कार्तिक,४,शनिवार १३:३७

0
Shares

 लहान, ४ कात्तिक – करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।जिल्लाको कञ्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ ।उहाँको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नंं ६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर ७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकाको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए । पक्राउ परेकाविरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताए ।व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,४,शनिवार १३:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८