प्रदेश १ मा कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी

लोकपथ
0
Shares

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको छ । अर्याल सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

थापा कृष्णप्रसाद सिटौला र कार्की डाक्टर शेखर कोइराला पक्षका हुन् । संसदीय दलको नेता चयनका लागि भोलि (शुक्रबार) बिहान ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ । प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसका २९ जना सांसद निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?