बागमती प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान

लोकपथ
14
Shares

हेटौँडा । बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान गरिएको छ । बागमती प्रदेश मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशनको आह्वान गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले प्रदेशसभाको ११ औं अधिवेशन बागमती प्रदेश मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आह्वान गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?